Federation of Handicraft Associations of Nepal

977-1-4244231, 4245467, 4245467

Press release

Press Release regarding interaction program on a topic ” Effect of Mercury on Environment and health”

Press Release on interaction program on effect of Mercury

- October 19th, 2014

Press release on interaction on commerce policy.

नेपाल हस्तकला महासंघ
थापाथली हाइट, जि.पि.ओ. वक्स नं ७८४ काठमाडौं, नेपाल ।
फोनः ४२४४२३१÷४२४५४६७÷४२४३०१५, प्mयाक्स ९७७(१(४२२२९४०
भ्mबष् िस् जबल२धष्लिप।अयm।लउ, जततउस्ररधधध।लभउबजिबलमष्अचबात।यचन।लउ

प्रेस–विज्ञप्ति
मितिः भाद्र २० , २०७१
वाणिज्य नीति र हस्तकला निर्यात प्रोत्साहन व्यवस्था सम्बन्धी अन्तरक्रिया
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मलेगोको प्रमुख आतिथ्यमा  वाणिज्य नीति र हस्तकला निर्यात प्रोत्साहन व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हस्तकला व्यापार व्यवसायलाई प्रोत्साहन गर्नको लागि साबिक बाणिज्य नीतिमा विद्यमान कमी कमजोरीहरु हटाउँदै नीतिलार्ई समयानुकुल व्यवसाय मैत्री तुल्याउन हस्तकला क्षेत्रमा समेट्नु पर्ने विषयहरुमा उपयोगी सुझावहरु संकलन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ , वाणिज्य परिषदको आयोजनामा २०७१ भाद्र २० गते काठमाडौंमा बाणिज्य नीति र हस्तकला निर्यात प्रोत्साहन व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
अन्तरक्रियाको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै नेपाल हस्तकला महासंघका अध्यक्ष श्री हेमरत्न शाक्यले सार्क क्षेत्रका अन्य मुलुकले निर्यातमा विभिन्न किसिमका नगद अनुदान तथा कर छुट प्राप्त गरेको कारण त्यहाँका निर्यात मुलक उद्योगहरुले आफ्नो निर्यात व्यापार बढाई रहेको अवस्थामा नेपाली उद्यमी व्यवसायीहरुले त्यस किसिमका प्रोत्साहन नपाएको कारण आयात प्रतिस्थापन गर्न नसकी व्यापार घाटा ज्यादै कहाली लाग्दो भएको र हस्तकला क्षेत्रले सो व्यापार घाटालाई निर्यातको माध्यमबाट घटाउनका साथै स्वरोजगारीको अवसर सिर्जना गर्न र गरिबी न्यूनिकरणमा  सघाउ पुर्याउने हुँदा हस्तकला उद्योग व्यवसायकोे विकास गर्नमा जोड दिनु पर्ने कुरा औंल्याउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि  वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री नारायण गोपाल मलेगोले वाणिज्य क्षेत्रका सरोकारवालाहरुलाई सम्बोधन गर्दै हस्तकला व्यवसायमा रहेका चुनौती तथा  देशको व्यापार घाटाले गर्दा पर्न गएको असरको बारेमा समयानुकुल वाणिज्य नीतिलाई परिमार्जन गरी व्यापार सहजीकरण गर्ने नीति निर्माणमा जोड दिनको लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा श्री बिजेन्द्रमान शाक्य र श्री दिलिप खनालले क्रमशः” विभिन्न मुलुकहरुमा निर्यात प्रोत्साहन तथा सुबिधा व्यवस्था ”, ” वाणिज्य नीति २०६५ र हस्तकला निकासी प्रवद्र्धन” विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा पेश गरिएका कार्यपत्र माथि नेपाल हस्तकला महासंघका पूर्व अध्यक्षहरु श्री कल्याण कृष्ण ताम्राकार र श्री पञ्चरत्न शाक्यले समीक्षा गर्नु भएको थियो , भने उक्त अन्तरक्रिया शत्रको अध्यक्षता वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव श्री जीवराज कोइराला र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक श्री तेजसिंह बिष्टले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापति श्री दिनेश श्रेष्ठ , नेपाल चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष श्री  ज्ञानेन्द्ररत्न तुलाधर ,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव श्री तोयानारायण ज्ञवाली लगाएतका वक्ताहरुले वाणिज्य नीति परिमार्जनको सान्दर्भिकता र हस्तकला उद्योग व्यवसायको विकासमा सार्वजनिक तथा नीजि क्षेत्रको भूमिकाको बारेमा आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गर्दै महासंघका उपाध्यक्ष श्री धर्मराज शाक्यले हस्तकला उद्योग व्यवसाय तथा निकासी प्रबद्र्धनका लागि समयसापेक्ष वाणिज्य नीति, नियमको तर्जुमा तथा कार्यान्वयनका लागि सरकारसंग आग्रह गर्नुभयो ।
उक्त अन्तरक्रियामा नेपाल सरकारका मन्त्रालय विभाग , समितिका अधिकारीहरु एवं महासंघकाका पूर्व अध्यक्षहरु , जिल्ला हस्तकला संघ वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु एवं हस्तकला क्षेत्रका अग्रणी निर्यातकर्ता व्यवसायीहरु गरी ६० जनाको सहभागीता रहेको थियो ।
अन्तरक्रिया बाट सुझाईएका विषय वस्तुहरु नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष प्रस्तुत गरिने छ ।

ऋषिराज सुबेदी
उप निर्देशक
commerce 1

- September 9th, 2014

Participation of Nepalese Handicraft Exhibitiors in Dilli Haat 2014, New Delhi

press release dilli haat

- April 8th, 2014

Interaction Programme on Problems and its solutions regarding Export to India and China

press_ India China export problems

- April 1st, 2014

Meeting with Korean Delegates

press_korea team

- April 1st, 2014

©2017 Federation of Handicraft Associations of Nepal

Powered by: I.Quest Technologies Pvt. Ltd.