Federation of Handicraft Associations of Nepal

977-1-4244231, 4245467, 4245467

Press release

Press Release on SAARC Handicraft Exhibition & 12th Handicraft Trade Fair 2014.

नेपाल हस्तकला महासंघ
सार्क हस्तकला प्रदर्शनी तथा १२आंै हस्तकला ब्यापार मेला सम्बन्धी
प्रेस बिज्ञप्ती
नेपालको निर्यात ब्यापारमा हस्तकला क्षेत्रले महत्वपूर्ण स्थान ओगट्न सफल रहेको छ । हस्तकलाको आन्तरिक बजारमा करिब ८ अरब बराबरको खपत रहेको छ भने सोही रकमको हाराहारीमा विदेशमा निर्यात रहेको छ । संयुक्त राज्य अमेरिका,युरोपियन मुलुकहरु,चीन,भारत लगायत अन्य मुलुकहरुमा २५ भन्दा बढि बिभिन्न प्रकारका हस्तकला बस्तुहरुको निर्यात भई रहेको छ । आयात र निर्यात वीचको दुरी दिन प्रति दिन बढदै गई मुलुकको ब्यापार घाटा अक्कासिदै गएको वर्तमान अवस्थामा हस्तकला जस्ता स्वदेशी श्रम,सीप र कच्चा पदार्थमा आधारित रोजगारमूलक उद्योग व्यवसायको विकास एवं विस्तारको महत्व दिन प्रति दिन बढदै गएको छ । हस्तकला क्षेत्रमा झण्डै ११ लाख ब्यक्तिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट रोजगारी प्राप्त गरी रहेका छन् । यो क्षेत्रले गरिवी निवारणमा पनि महत्वपूर्ण योगदान पुयाई रहेको छ । हस्तकलाका वस्तुहरुले देशको कला र संस्कृतिको मात्र प्रतिनिधित्व नगरि अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको पहिचान र गरिमालाई उच्च तुल्याएका छन् । हस्तकलाको आन्तरिक बजार बिकास निर्यात प्रवद्र्धन र सार्क क्षेत्रका मुलुकहरु वीच हस्तकलाको माध्यमबाट एक अर्को देशको संस्कृति आदान प्रदान गरी सार्क मुलुकहरु वीच सामिप्य र भाईचारा सम्बन्धको विकास गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग मन्त्रालय र SAARC Cultural Centre,Srilanka को संयुक्त तत्वावधानमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द, अमेरिकन राजदुतावास GIZ,लघु उद्यम बिकास कार्यक्रम (MEDEP), नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श FedEx,Civil Bank,नेपाल सुन चाँदि व्यवसायी महासंघ,नेपाल सुन चाँदि रत्न तथा आभूषण महासंघ, नेपाल चेम्वर अफ कमर्श लगायतको सहयोगमा यही २०७१ साल मंसिर ४ देखि ८ गते तदनुसार सन २०१४ को नोभेम्बर २० देखि २४ तारिक सम्म भृकृटी मण्डप काठमाडांैमा सार्क हस्तकला प्रदर्शनी तथा १२आंै हस्तकला ब्यापार मेला आयोजना गरिएको छ ।
उक्त ब्यापार मेलामा एकै छाना मुनि काष्ठकला,धातुकला,चाँदि तथा अन्य धातुका गरगहना ,फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान,पश्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् । मेलाको अवसरमा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले दशौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी,फेशन—सो,गरगहना सप्ताह,डिजाइन प्रतियोगिता र समसामयिक बिषयमा गोष्ठीहरु समेत आयोजना गरिने छन ।
मेलामा देश भित्र महासंघका जिल्ला हस्तकला संघ,बस्तुगत संघहरुमा आवद्ध सदस्य उद्यमीहरु काठमाडौं उपत्यका लगायत देशको ४५ भन्दा बढि जिल्लाका स्थानीय हस्तकला सामाग्री, लघु घरेलु उद्यमीहरुबाट उत्पादित सामाग्रीहरुलाई उच्च प्राथमिकतामा प्रदशर््ानीे तथा बिक्रीको लागि राखिने छ ।उक्त मेलामा रहने Pavilion हरु मध्येबाट उत्कृष्ट हुने प्रथम,द्धितिय र तृतिय हुने Pavilion हरुको साथै दभकत कतबिि एकलाई नगद पुरस्कारको ब्यवस्था गरिएको छ ।
उक्त ब्यापार मेला अवलोकनको लागि आम सर्वसाधारण,नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु,विदेशी कुटनैतिक नियोगका प्रतिनिधिहरु र विशिष्ट विदेशी आमन्त्रित पाहुनाहरुको सहभागिता रहने छ ।
मेलामा जिल्ला संघ, वस्तुगत संघ समेत गरि २०० भन्दा बढी स्टलहरु रहने छन जसमध्ये SAARC Cultural Centre को सिफारिसमा सार्कका आठ देशहरुमाबाट ४० वटा स्टल, पाकिस्तान र वंगलादेशका ब्यापारिहरुका २० वटा स्टल साथै ३० वटा फर्म,कम्पनीबाट ६३ र सात वटा प्याभिलियनबाट ७० वटा स्टल रहने छन् ।
महिला उद्यमीहरुको व्यवसाय विकासमा टेवा पुरयाउने उद्देश्यले अमेरिकन राजदुतावासले २० जना महिला उद्यमीहरुलाई तोकिएको स्टल भाडामा ८० प्रतिशत सहुलियतमा २० वटा स्टल प्रदान गरिएको छ ।
मेलाको उद्घोष (Slogan) हाम्रो हस्तकला ः हाम्रो गौरब (Handicraft Our Product;Our Pride) तय गरिएको छ । यो उद्घोषले नेपाली हस्तकलाको महत्वपूर्ण स्थानलाई जनमानसमा उजागर गर्ने हामीले अपेक्षा राखेका छौं ।यो ब्यापार मेलालाई सार्क क्षेत्रकै हस्तकलाको Business Hub को रुपमा बिकास गर्दै लाने हाम्रो लक्ष्य रहेको छ ।
मेलाको समुद्घाट्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्पन्न गर्ने कार्यक्रम राखिएको छ । समुद्घाट्नको अवसरमा अन्तराष्ट्रिय जगतबाट ओमानको बिशिष्ट ब्यक्तिहरुको साथै World Craft Council Asia Pacific का अध्यक्ष बिशिष्ट अतिथिको रुपमा आउनु हुने कार्यक्रम रहेको छ ।

- November 7th, 2014

Press Release regarding interaction program on a topic ” Effect of Mercury on Environment and health”

Press Release on interaction program on effect of Mercury

- October 19th, 2014

Press release on interaction on commerce policy.

नेपाल हस्तकला महासंघ
थापाथली हाइट, जि.पि.ओ. वक्स नं ७८४ काठमाडौं, नेपाल ।
फोनः ४२४४२३१÷४२४५४६७÷४२४३०१५, प्mयाक्स ९७७(१(४२२२९४०
भ्mबष् िस् जबल२धष्लिप।अयm।लउ, जततउस्ररधधध।लभउबजिबलमष्अचबात।यचन।लउ

प्रेस–विज्ञप्ति
मितिः भाद्र २० , २०७१
वाणिज्य नीति र हस्तकला निर्यात प्रोत्साहन व्यवस्था सम्बन्धी अन्तरक्रिया
वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण गोपाल मलेगोको प्रमुख आतिथ्यमा  वाणिज्य नीति र हस्तकला निर्यात प्रोत्साहन व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हस्तकला व्यापार व्यवसायलाई प्रोत्साहन गर्नको लागि साबिक बाणिज्य नीतिमा विद्यमान कमी कमजोरीहरु हटाउँदै नीतिलार्ई समयानुकुल व्यवसाय मैत्री तुल्याउन हस्तकला क्षेत्रमा समेट्नु पर्ने विषयहरुमा उपयोगी सुझावहरु संकलन गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ , वाणिज्य परिषदको आयोजनामा २०७१ भाद्र २० गते काठमाडौंमा बाणिज्य नीति र हस्तकला निर्यात प्रोत्साहन व्यवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
अन्तरक्रियाको प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै नेपाल हस्तकला महासंघका अध्यक्ष श्री हेमरत्न शाक्यले सार्क क्षेत्रका अन्य मुलुकले निर्यातमा विभिन्न किसिमका नगद अनुदान तथा कर छुट प्राप्त गरेको कारण त्यहाँका निर्यात मुलक उद्योगहरुले आफ्नो निर्यात व्यापार बढाई रहेको अवस्थामा नेपाली उद्यमी व्यवसायीहरुले त्यस किसिमका प्रोत्साहन नपाएको कारण आयात प्रतिस्थापन गर्न नसकी व्यापार घाटा ज्यादै कहाली लाग्दो भएको र हस्तकला क्षेत्रले सो व्यापार घाटालाई निर्यातको माध्यमबाट घटाउनका साथै स्वरोजगारीको अवसर सिर्जना गर्न र गरिबी न्यूनिकरणमा  सघाउ पुर्याउने हुँदा हस्तकला उद्योग व्यवसायकोे विकास गर्नमा जोड दिनु पर्ने कुरा औंल्याउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि  वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री नारायण गोपाल मलेगोले वाणिज्य क्षेत्रका सरोकारवालाहरुलाई सम्बोधन गर्दै हस्तकला व्यवसायमा रहेका चुनौती तथा  देशको व्यापार घाटाले गर्दा पर्न गएको असरको बारेमा समयानुकुल वाणिज्य नीतिलाई परिमार्जन गरी व्यापार सहजीकरण गर्ने नीति निर्माणमा जोड दिनको लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा श्री बिजेन्द्रमान शाक्य र श्री दिलिप खनालले क्रमशः” विभिन्न मुलुकहरुमा निर्यात प्रोत्साहन तथा सुबिधा व्यवस्था ”, ” वाणिज्य नीति २०६५ र हस्तकला निकासी प्रवद्र्धन” विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा पेश गरिएका कार्यपत्र माथि नेपाल हस्तकला महासंघका पूर्व अध्यक्षहरु श्री कल्याण कृष्ण ताम्राकार र श्री पञ्चरत्न शाक्यले समीक्षा गर्नु भएको थियो , भने उक्त अन्तरक्रिया शत्रको अध्यक्षता वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव श्री जीवराज कोइराला र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक श्री तेजसिंह बिष्टले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिषदका सभापति श्री दिनेश श्रेष्ठ , नेपाल चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष श्री  ज्ञानेन्द्ररत्न तुलाधर ,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव श्री तोयानारायण ज्ञवाली लगाएतका वक्ताहरुले वाणिज्य नीति परिमार्जनको सान्दर्भिकता र हस्तकला उद्योग व्यवसायको विकासमा सार्वजनिक तथा नीजि क्षेत्रको भूमिकाको बारेमा आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन गर्दै महासंघका उपाध्यक्ष श्री धर्मराज शाक्यले हस्तकला उद्योग व्यवसाय तथा निकासी प्रबद्र्धनका लागि समयसापेक्ष वाणिज्य नीति, नियमको तर्जुमा तथा कार्यान्वयनका लागि सरकारसंग आग्रह गर्नुभयो ।
उक्त अन्तरक्रियामा नेपाल सरकारका मन्त्रालय विभाग , समितिका अधिकारीहरु एवं महासंघकाका पूर्व अध्यक्षहरु , जिल्ला हस्तकला संघ वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिहरु एवं हस्तकला क्षेत्रका अग्रणी निर्यातकर्ता व्यवसायीहरु गरी ६० जनाको सहभागीता रहेको थियो ।
अन्तरक्रिया बाट सुझाईएका विषय वस्तुहरु नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय समक्ष प्रस्तुत गरिने छ ।

ऋषिराज सुबेदी
उप निर्देशक
commerce 1

- September 9th, 2014

Participation of Nepalese Handicraft Exhibitiors in Dilli Haat 2014, New Delhi

press release dilli haat

- April 8th, 2014

Interaction Programme on Problems and its solutions regarding Export to India and China

press_ India China export problems

- April 1st, 2014

©2017 Federation of Handicraft Associations of Nepal

Powered by: I.Quest Technologies Pvt. Ltd.